काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा पुनः वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको जानकारी अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २ सय रुपैयाँ पुगेको हो, जुन अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले वृद्धि हो। त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै तोलामा २ हजार ७४ रुपैयाँमा पुगेको छ।
यसअघि मंगलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँमा थियो।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विदेशी मुद्रा विनिमय दरमा आएको परिवर्तनले नेपाली बजारमा सुनचाँदीको मूल्यमा असर पारिरहेको छ।







प्रतिक्रिया