काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा बढेको छ भने चाँदीको मूल्य केही घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य भने घटेर १ हजार ९८० रुपैयाँ प्रति तोला कायम भएको महासंघले जनाएको छ। गत बिहीबारको तुलनामा हेर्दा सुनको मूल्य ७०० रुपैयाँले बढेको हो।
बिहीबार छापावाल सुन १ लाख ८७ हजार ८०० रुपैयाँ मा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य बिहीबार १ हजार ९९५ रुपैयाँ थियो, जुन आजको तुलनामा १५ रुपैयाँले घटेको हो।







प्रतिक्रिया