काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेको छ।
बिहीबार संसदमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट भाषण गर्दै यो रकम प्रस्तुत गरेका हुन्। यो बजेट चालु आर्थिक वर्षको तुलनामा बढेर आएको हो। चालु आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ रहेको थियो।
आगामी वर्षका लागि विनियोजन गरिएको बजेटले सरकारका विकास र सामाजिक कार्यक्रमहरूलाई थप गति दिने अपेक्षा गरिएको छ।







प्रतिक्रिया