२ कार्तिक २०८३, सोमबार । October 19, 2026

त्रिभुवन विमानस्थलको स्तरोन्नतिका लागि ४ अर्ब १५ करोड बजेट


१५ जेष्ठ २०८२, बिहिबार  

12
Shares

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्न आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थलमा रूपान्तरण गरिने जानकारी दिए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय केन्द्रका रूपमा सञ्चालन गरिने बताए भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरूका लागि किफायती ढंगले सञ्चालन गरिने उल्लेख गरे।

साथै, यी विमानस्थलमार्फत कार्गो सेवा सञ्चालनमा विशेष छुट दिइने सरकारी योजना रहेको छ, जसले व्यापार र पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि