काठमाडौं । सरकारले वन तथा वातावरण मन्त्रालयका लागि आर्थिक वर्ष २०८२/८३ मा १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण, दिगो वन व्यवस्थापन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न बजेट छुट्याइएको जानकारी दिए।
यस बजेटले प्राकृतिक स्रोतको संरक्षण, हरित विकास र वातावरणीय सन्तुलन कायम राख्न सरकारी प्रयासलाई थप बल पुर्याउने विश्वास व्यक्त गरिएको छ।







प्रतिक्रिया