काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन पूर्वाधार, सुरक्षा व्यवस्था र हवाई सेवा सुधारमा जोड दिँदै यो बजेट छुट्याइएको जानकारी दिए। उनका अनुसार हिमाल आरोही र पदयात्रीहरूका लागि भरपर्दो सुरक्षा प्रणाली निर्माण गरिनेछ भने प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास गरिनेछ।
साथै, नेपाल नागरिक उड्ययन प्राधिकरणको संस्थागत सुदृढीकरण गरिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’ का रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।
सरकारले यो कदमले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउने अपेक्षा राखेको छ।







प्रतिक्रिया