२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

प्रदेश र पालिकालाई ५ खर्ब ८२ अर्ब रुपैयाँभन्दा बढी वित्तीय हस्तान्तरणको योजना


१५ जेष्ठ २०८२, बिहिबार  

24
Shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश र स्थानीय तहमा विभिन्न शीर्षकमा गरी ५ खर्ब ८२ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्ने योजना सार्वजनिक गरेको छ।

संघीयता सुदृढ गर्नुपर्ने आवश्यकता महसुस गर्दै सरकारले राजस्व बाँडफाँट र अनुदानमार्फत ठूलो रकम वितरण गर्न लागेको हो। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै विभिन्न अनुदान र राजस्व बाँडफाँटका माध्यमबाट प्रदेश र पालिकाहरूलाई ठोस सहयोग गरिने जानकारी दिए।

मुख्य हस्तान्तरण विवरणः

  • वित्तीय समानीकरण अनुदान
    • प्रदेश: ६० अर्ब ६६ करोड
    • पालिका: ८८ अर्ब ९७ करोड
  • सशर्त अनुदान
    • प्रदेश: ३० अर्ब ३५ करोड
    • पालिका: २ खर्ब ११ अर्ब ४६ करोड
  • पूर्वाधार कार्यान्वयन (समपूरक अनुदान)
    • प्रदेश: ३ अर्ब २८ करोड
    • पालिका: १० अर्ब ६ करोड
  • विशेष अनुदान
    • प्रदेश: ३ अर्ब २७ करोड
    • पालिका: ९ अर्ब ७८ करोड
  • राजस्व बाँडफाँट
    • प्रदेश: १ खर्ब ६५ करोड

अर्थमन्त्री पौडेलले सबै अनुदान कार्य सम्पादनको मूल्यांकनका आधारमा हस्तान्तरण गरिने स्पष्ट पारेका छन्। यसले प्रदेश र पालिकाहरूलाई उत्तरदायी र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ