२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

बिहीबार संघीय सरकारले बजेट ल्याउँदै, यस्तो छ कार्यसूचि


१४ जेष्ठ २०८२, बुधबार  

42
Shares

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आज बजेट सार्वजनिक गर्दैछ।

निर्धारित कार्यक्रमअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार दिउँसो ३ बजे संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम संसदबाट पारित भइसकेको छ। सोही नीति तथा कार्यक्रमको आधारमा सरकारले आजको दिन बजेट ल्याउन लागेको हो।

संविधान अनुसार हरेक वर्ष जेठ १५ गते संघीय सरकारको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोहीअनुसार अर्थमन्त्री पौडेलले आज नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्न लागेका हुन्। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार, आज दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन्।

त्यसपछि दिउँसो १ः४५ बजे आर्थिक वर्ष २०८१/८२ को आर्थिक समीक्षात्मक प्रतिवेदन पेस गर्ने र अन्ततः ३ बजे बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ। आजको संसद बैठकमार्फत मुलुकको आर्थिक दिशानिर्देशन तय हुने भएकाले नागरिक, व्यवसायी तथा राजनीतिक क्षेत्रको ध्यान यसतर्फ केन्द्रित भएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ६ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ