१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

तोलामा ५ हजारले बढ्यो सुनको भाउ


७ जेष्ठ २०८२, बुधबार  

168
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

मंगलबार तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पाँच हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० रुपैयाँमा पुगेको छ। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलाको १ हजार ९४० रुपैयाँमा रहेको चाँदी बुधबार ५० रुपैयाँले महँगिँदै १ हजार ९९० रुपैयाँमा कारोबार भएको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र माग आपूर्तिमा आएको असन्तुलनका कारण मूल्यमा यस्तो वृद्धि देखिएको हो।

सुनचाँदीमा लगानी गर्न चाहने उपभोक्ताहरूले मूल्यको यो उतारचढावलाई ध्यानमा राख्नुपर्ने विज्ञहरूको सुझाव छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १० : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था