२२ बैशाख २०८२, सोमबार । May 6, 2025

प्रधानमन्त्री कप क्रिकेट

बिहिबार भएको खेलमा जित निकाल्दै एपिएफ फाइनलमा



काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशलाई स्तब्ध बनाउँदै विभागीय टोली एपिएफ क्लव प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीवार सम्पन्न खेलमा एपिएफले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय २३ रनको लक्ष्य एपिएफले २१ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । एपिएफको जितमा लोकेश बमले अविजित ३५ रनको पारी खेले ।

ओपनर प्रदीप ऐरीले ३३ रन जोड्दा आसिफ सेखले २५ रन बनाउँदै एपिएफलाई सुखद् शुरुवात गराएको थियो । सुमित महर्जनले १३ रन बनाउँदा सन्दीप जोरा ६ रनमा अविजित रहे । मधेसका रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेसले ३१ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । मधेसका लागि रुपेश सिंहले सर्वाधिक ३५ रन जोडे ।

सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए । अनिल साहले १३, आदील आलमले ११ र राजेश यादवले १० रन बनाए । मधेसको इनिङलाई सस्तैमा रोक्ने क्रममा एपिएफका कमल ऐरीले ४ विकेट लिए । भुवन कार्की र मौषम ढकालले समान दुई दुई विकेट लिए । फाइनल प्रवेश गरेको एपिएफले अब उपाधिका लागि नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवबीचको विजेतासँग खेल्नेछ ।

पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल शुक्रवार हुनेछ । र फाइनल खेल शनिवार हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा गिरावट : नेप्से परिसूचक र कारोबार रकम दुबै घटे

काठमाडौं । साताको दोस्रो दिन पनि नेपालको सेयर बजारमा ओरालो

जनताको नजरमा सरकार ढलिसक्योः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी

श्रद्धा कपूर बनिन भारतकी सबैभन्दा महँगी अभिनेत्री ! कति छ पारिश्रमिक ?

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री श्रद्धा कपूर अहिले भारतकै सबैभन्दा

धनकुटाको गोठगाउँमा यात्रुबाहक बस दुर्घटना, एकको मृत्यु, १३ घाइते

धनकुटा । धरानबाट धनकुटातर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा पर्दा

प्रचण्डको प्रश्नःराष्ट्रिय गौरवका आयोजनालाई किन बेवास्ता ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले