२२ माघ २०८२, बुधबार । February 4, 2026

प्रधानमन्त्री कप क्रिकेट

बिहिबार भएको खेलमा जित निकाल्दै एपिएफ फाइनलमा



काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशलाई स्तब्ध बनाउँदै विभागीय टोली एपिएफ क्लव प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीवार सम्पन्न खेलमा एपिएफले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय २३ रनको लक्ष्य एपिएफले २१ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । एपिएफको जितमा लोकेश बमले अविजित ३५ रनको पारी खेले ।

ओपनर प्रदीप ऐरीले ३३ रन जोड्दा आसिफ सेखले २५ रन बनाउँदै एपिएफलाई सुखद् शुरुवात गराएको थियो । सुमित महर्जनले १३ रन बनाउँदा सन्दीप जोरा ६ रनमा अविजित रहे । मधेसका रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेसले ३१ ओभरमा सबै विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । मधेसका लागि रुपेश सिंहले सर्वाधिक ३५ रन जोडे ।

सन्तोष कार्कीले २० रन जोड्दा इमरान शेखले १६ रन बनाए । अनिल साहले १३, आदील आलमले ११ र राजेश यादवले १० रन बनाए । मधेसको इनिङलाई सस्तैमा रोक्ने क्रममा एपिएफका कमल ऐरीले ४ विकेट लिए । भुवन कार्की र मौषम ढकालले समान दुई दुई विकेट लिए । फाइनल प्रवेश गरेको एपिएफले अब उपाधिका लागि नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवबीचको विजेतासँग खेल्नेछ ।

पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल शुक्रवार हुनेछ । र फाइनल खेल शनिवार हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल