काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको नयाँ मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँले कम हो। शनिबारसम्म सुनको भाउ १ लाख ८४ हजार ८ सय रुपैयाँ प्रतितोला थियो।
चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ। सुनचाँदी बजारमा यस्ता दैनिक मूल्य हेरफेरलाई अन्तर्राष्ट्रिय बजार, माग र आपूर्तिको अवस्था लगायतले प्रभावित गर्छन्।







प्रतिक्रिया