२० श्रावण २०८३, बुधबार । August 5, 2026

‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशव्यापी प्रदर्शनमा


२ जेष्ठ २०८२, शुक्रबार  

12
Shares

काठमाडौं । निर्देशक दिपेन्द्र के. खनालको बहुप्रतीक्षित सामाजिक चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ।

शहरी गरिबी, डेरावालाको जीवनसङ्घर्ष, घरबेटी-डेरावालाबीचको सम्बन्ध र सर्वसाधारणको दैनिक जीवनशैलीमा आधारित यो चलचित्रले नेपाली समाजको यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको छ। प्रख्यात साहित्यकार बुद्धिसागरद्वारा लेखिएको कथामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी लगायत कलाकारहरूले अभिनय गरेका छन्।

निर्देशक खनाल पहिलेदेखि नै सामाजिक विषयवस्तुमा गहिरो पकड राख्ने निर्देशकको रूपमा परिचित छन्। यसपटक पनि उनले शहरको भित्री जीवनलाई सजीव ढंगले पर्दामा उतार्न खोजेका छन्। रिलिजको अघिल्लो दिन काठमाडौँको सुन्धारास्थित क्यूएफएक्स सिभिल मलमा विशेष प्रिमियर शो सम्पन्न भयो। तर यो प्रिमियर सामान्य प्रचलनभन्दा फरक बन्यो—जहाँ चर्चित हस्तीभन्दा बढी सामान्य दर्शकको उपस्थिति थियो।

निर्माण पक्षले मल, चोक र बजारबाट १८० भन्दा बढी ‘र्‍यान्डम’ सर्वसाधारणलाई निमन्त्रणा गरेर चलचित्र देखाएको थियो। निर्देशक खनालका अनुसार नेपाली फिल्म इतिहासमै यस्तो प्रयोग पहिलोपटक गरिएको हो। “सधैंजसो सेलिब्रिटी वा आफन्तबाट सकारात्मक प्रतिक्रिया पाइन्छ, तर हामीलाई त दर्शकको इमानदार प्रतिक्रिया चाहिएको थियो,” निर्देशक खनालले बताए।

सहभागी दर्शकहरूले चलचित्रप्रति उत्साहजनक प्रतिक्रिया जनाएका छन्। निर्देशकको यस्तो फरक र दर्शकमैत्री पहलले नेपाली सिनेमाको प्रिमियर संस्कारमै नयाँ आयाम थपेको देखिन्छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, शुक्रबार  ९ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध