१ आश्विन २०८३, बिहिबार । September 18, 2026

लगातार चौथो दिन पनि घट्यो सेयर बजार, कति पुग्यो कारोबार रकम ?


३१ बैशाख २०८२, बुधबार  

42
Shares

काठमाडौं । नेपाली सेयर बजारमा गिरावटको क्रम बुधबार पनि जारी रह्यो।

लगातार चौथो कारोबार दिन बजार ओरालो लागेको हो। बुधबार नेप्से परिसूचक १३.९६ अंकले घटेर २६२० बिन्दुमा झरेको छ। नेप्से सँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो दिनको तुलनामा आजको कुल कारोबार ८ अर्ब ७३ करोड रुपैयाँमा सीमित रह्यो, जुन अघिल्लो दिनको ९ अर्ब ६३ करोडको कारोबारभन्दा कम हो। कुल ६२ कम्पनीका सेयर मूल्य बढेका छन् भने १८३ कम्पनीको मूल्य घटेको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो।

दुई पुनर्बीमा कम्पनीको दरिलो वृद्धिसँगै “अन्य” समूह सबैभन्दा बढी २.४६ प्रतिशतले उकालो लाग्दा विकास बैंक समूह पनि १.१९ प्रतिशतले बढ्यो। तर बाँकी सबै समूहमा गिरावट देखियो। बैंकिङ समूह ०.४९, फाइनान्स ०.२१, होटल तथा पर्यटन १.५४, जलविद्युत् १.९६, लगानी १.०८, जीवन बीमा ०.८६, उत्पादन ०.९२, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा १.३९ र व्यापार समूह ०.६९ प्रतिशतले घटेका छन्।

सबैभन्दा धेरै मूल्य वृद्धिको सूचीमा ओम मेगाश्री फर्मास्युटिकल्स अगाडि रहेको छ जसको मूल्य १० प्रतिशतले उकालो लाग्यो। पिपुल्स पावर ७.८८, उपकार लघुवित्त ६.३१, नेपाल पुनर्बीमा ५.६६ र लुम्बिनी विकास बैंक ४.१५ प्रतिशतले बढे। अर्कोतर्फ, गुराँस लघुवित्तको मूल्य १० प्रतिशतले घट्दा नेपाल माइक्रो इन्स्योरेन्स ९.७१, बाराही हाइड्रोपावर ९.२६, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ७.५५ र बुटवल पावर ६.१२ प्रतिशतले घटेका छन्।

राधि विद्युत्, युनिभर्सल पावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ङादी ग्रुप र लुम्बिनी विकास बैंक सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमध्ये परे।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ३ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ