काठमाडौं । लामो समयदेखि ग्राउण्डेड अवस्थामा रहेका नेपाल वायुसेवा निगमका दुवै ट्वीनअटर विमान पुनः नियमित उडानमा फर्किएका छन्।
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार ‘नाइन एन–एबीटी’ र ‘नाइन एन–एबीयू’ दुवै विमान नियामकीय प्रक्रिया पूरा गरेपछि वैशाख २९ गतेदेखि नियमित तालिकाअनुसार सञ्चालनमा आएका हुन्। दुवै विमान थन्किएपछि विशेषगरी दुर्गम तथा हिमाली भेगका यात्रुहरू आवागमनमा समस्या भोगिरहेका थिए। अहिले विमान सञ्चालनमा आएपछि ती क्षेत्रका यात्रुहरूले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।
निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख अनुसार, नयाँ उडान तालिका अनुसार हरेक ट्वीनअटर विमानले दैनिक कम्तीमा चारवटा आन्तरिक उडान गर्नेछ।
यसले आन्तरिक हवाई सेवा अझ प्रभावकारी र भरपर्दो हुने निगमको विश्वास छ।







प्रतिक्रिया