२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

नवलपुरको चोरमारामा पुल भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध



नवलपुर । नवलपुरको चोरमारामा पर्ने गिरुवारी खोलाको पुल भाँचिएको कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालका अनुसार, पुलको केही हिस्सा भासिएकोले मर्मत नगरी यहाँबाट गाडी चलाउन असम्भव छ। उनले डाईभर्सनको प्रयास भइरहेको बताएका छन्, तर सडक विभागको प्राविधिक टोली नआउँदासम्म यो पुल सञ्चालन गर्न सकिने अवस्था छैन।

घटनामा म.प्र.०३.००१ क ३१६३ नंको (१८ चक्के टेलर) किलिङ्गर कच्चा पदार्थ बोकेको ट्रक पुलमा गुडिरहेको बेला पुल भासिएको हो। यस घटनाले यातायात अवरुद्ध भएको छ। स्थानीयको भनाइ अनुसार ओभरलोड ट्रक पुलको बीचमा अड्किएको कारण यातायात थप अवरुद्ध भएको छ। पुल भाँचिएको स्थानमा तत्काल डाईभर्सनको विकल्प छैन र नयाँ पुल पनि निर्माण हुन सकेको छैन, जसले गर्दा लामो समयसम्म यातायात अवरुद्ध हुनसक्ने अनुमान गरिएको छ।

यो पुल लगभग तीन वर्ष पहिले पनि प्वाल परेको थियो र हाल पुनः समस्या आएको छ, जसले गर्दा यात्रुहरू अलपत्र परेका छन्। सवारी साधनलाई आवागमनमा थप समस्या भएको छ र पुल कमजोर हुँदै गइरहेको अवस्थामा, यातायातलाई एकतर्फी बनाउन डाईभर्सनको प्रयास भइरहेको छ। प्रहरी निरीक्षक जनक बन्जराले यात्रु र चालकलाई सजग रहन आग्रह गरेका छन्। पुल पूर्ण रूपमा बन्द भइसकेपछि, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

स्थानीयले पुलको मर्मतलाई तत्काल प्राथमिकता दिनुपर्ने र सम्बन्धित निकायलाई यसको ध्यानाकर्षण गराएका छन्। यसअघि पनि नवलपुरका विभिन्न स्थानहरूमा पुल भाँचिएका घटनाहरू भइरहेका छन्, जस्तै गैँडाकोटको जय श्रीपूल र कावासोतीको लोकाहा पुल।

पुलको मर्मत कार्यको शीघ्रता र नयाँ पुलको निर्माण आवश्यकतामा जोड दिइरहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १० : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको