२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

फेरी उकालो लाग्यो सुनको मूल्य, आज तोलामा कति छ ?


२३ बैशाख २०८२, मंगलबार  

399
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकाएक आकाशिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले वृद्धि भई नयाँ दर कायम भएको हो। नयाँ मूल्य अनुसार, मंगलबार छापावाल सुनको दर १ लाख ८९ हजार ९०० रुपैयाँ प्रति तोला पुगेको छ। सोमबार यो दर १ लाख ८४ हजार ६०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। सोमबार १ हजार ९१० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ५५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ प्रति तोला पुगेको महासंघले जनाएको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको उतार–चढाव, कच्चा पदार्थको मूल्य र माग–आपूर्तिको सन्तुलनले नेपाली बजारमा सुनचाँदीको मूल्यमा प्रभाव पारेको हो।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ११ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ