२२ माघ २०८२, बुधबार । February 4, 2026

दाउन्नेमा सडक फेरि अवरुद्ध ! चिप्लो सडकमा गाडी चिप्लिए



दाउन्ने । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको दाउन्ने क्षेत्रमा आज विहानदेखि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार विहान करिब ९स्१५ बजेपछि परेको वर्षाले बाटो चिप्लो र हिलो बनेपछि सवारी सञ्चालनमा अवरोध पुगेको हो। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिरमाथिको क्षेत्र र पैसठ्ठी मोडु नजिकैको सडक भाग विशेषगरी हिलो र चिप्लो बनेकोले सवारी दुर्घटनाको जोखिमसमेत बढेको जनाइएको छ।

यसअघि आइतबार पनि यस्तै वर्षाका कारण दिनभर सडक अवरुद्ध भएको थियो। दाउन्ने क्षेत्रको करिब १४ किलोमिटर सडक खण्डमा अहिले राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सवारी चल्न नदिई निर्माण कार्य भइरहेको छ। सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीका अनुसार हाल डाँडा काट्ने, कल्भर्ट निर्माण, सडक ढलान तथा पिच गर्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

तर, वर्षा र चिप्लो सडकले निर्माण कार्यमा पनि चुनौती थपिएको बताइएको छ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  ११ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल