५ बैशाख २०८३, शनिबार । April 18, 2026

बर्षाले बगायो डाइभर्सन, कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध


२१ बैशाख २०८२, आइतबार  

111
Shares

हेटौंडा । निरन्तर वर्षाका कारण बगुवा खण्डमा बागमती खोलामा बनाइएको डाइभर्सन बगाउँदा हेटौंडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहानदेखिको अविरल वर्षाले मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलाको तटबन्धमा क्षति पु¥याएको छ। डाइभर्सन बगाएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो। यसअघि पनि सो सडक वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द गरिँदै आएको थियो।

मकवानपुरतर्फको गंगटे क्षेत्रमा सडक विस्तार तथा भिर कटानको काम भइरहेकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी निषेध गरिएको थियो। प्रहरीका अनुसार सडक खुलाउने प्रयास जारी भए पनि केही समय लाग्न सक्नेछ।

हाललाई काठमाडौँ–हेटौंडा यात्रा गर्नुपर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित