२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नेप्से परिसूचक ३९.१५ अंकले गिरावट



काठमाडौं । सोमवारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधवार पनि उच्च अंकले गिरावट भएको छ ।

बुधवार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ४.७३ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ३.१८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत,अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ७.४२ प्रतिशत बढेको छ । मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य २.२२ प्रतिशत बढेको छ । तर यता एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, उपकार लघुवित्त शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । कारोबार रकमका आधारमा आज नेष्डो समृद्ध लघुवित्तले ६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको