७ चैत्र २०८२, शनिबार । March 21, 2026

शिक्षक-सरकार वार्ता भाँडियो ! परिस्थिति थप जटिल बन्ने संकेत


१२ बैशाख २०८२, शुक्रबार  

51
Shares

काठमाडौं । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले शिक्षा मन्त्रालयसँग वार्ता नगरी फर्किएको जनाएको छ।

समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, शिक्षकहरूको एक प्रतिनिधिमण्डल मन्त्रालय पुग्न लागेको भए पनि विशेष कारणले मन्त्रालय प्रवेश नगरी फर्किएको हो। सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरिएको २५ सदस्यीय वार्ता टोलीको नामावली महासङ्घले तयार नगरेको प्रस्ट पारेका छन्।

उनले लेखेका छन्, “शिक्षा मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं।” उनका अनुसार, नयाँ नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि जाने तयारी भए पनि आकस्मिक कारणले टोली वार्ता नगरी फर्किएको हो।

गत चैत २० गतेदेखि शिक्षकहरूले विभिन्न माग राख्दै आन्दोलन गरिरहेका छन्। वार्ताका पहलहरू भइरहेका बेला यस्तो घटनाले परिस्थिति थप जटिल बन्ने संकेत देखिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ४ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो