३१ आश्विन २०८३, शनिबार । October 17, 2026

१८ औं स्थापना दिवसमा सशस्त्र प्रहरी गण बाराको भव्य कार्यक्रम



बारा । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर, बाराले आज आफ्नो १८ औं स्थापना दिवस एक भव्य कार्यक्रमका साथ मनाएको छ।

कलैया उपमहानगरपालिका–१६, उत्तरझिटकैयास्थित गण हेडक्वाटर परिसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति कालीदास धौबजी प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए । उनले स्थापना दिवसको अवसरमा परेवा तथा बेलुन उडाउनुका साथै केक काटेर शुभकामना व्यक्त गरे ।

कार्यक्रममा गण हेडक्वाटरले आफ्नो संक्षिप्त इतिहास सार्वजनिक गर्दै संस्थागत विकासको यात्रा प्रस्तुत गर्‍यो। नेपाल सरकारको २०६३ साल फागुन ९ गतेको मन्त्रीपरिषद निर्णय अनुसार सीमा सुरक्षा कार्यालय बारा स्थापना गरिएको थियो। २०७० फागुन २२ गते उत्तरझिटकैया गाविस–४ (हाल कलैया–१६) मा १४ बिघा १० कठ्ठा जग्गामा भवन निर्माण गरी कार्यालय सञ्चालनमा ल्याइएको थियो।

२०७५ साल जेठ २७ गते गृह मन्त्रालयको निर्णयले यस कार्यालय सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बारामा स्तरोन्नती गरिएको जानकारी कार्यक्रममा दिइयो। स्थापना दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिनुका साथै शहीद परिवारलाई सम्मान तथा पुरस्कार र प्रशंसा–पत्र वितरण गरिएको थियो।

कार्यक्रममा जनमत पार्टीका नेता शिवनाथ पटेल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र कलैया नगर प्रमुख विनोद साहले शुभकामना मन्तव्य राखेका थिए। प्रमुख अतिथि धौबजीले सीमामा भइरहेको अवैध गतिविधि नियन्त्रणमा सशक्त पहल गर्न निर्देशन दिए ।

कार्यक्रमको समापनमा गणपति खुमबहादुर के.सी.ले सबै अतिथि, सहभागी र सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ११ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि