१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

सर्यो कक्षा १२ को परिक्षा, वैशाख २१ गतेबाट हुने



काठमाडौं । कक्षा १२ को वार्षिक राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेबाट सुरु हुने भएको छ।

यसअघि वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा शिक्षकहरूको आन्दोलनका कारण स्थगित गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसपछि परीक्षा मिति परिमार्जन गरिएको हो।

प्रधानमन्त्री ओलीले बोर्डका अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गर्दै, आवश्यकता अनुसार परीक्षा सार्न सकिने सन्देश दिएका थिए। उक्त सल्लाहका आधारमा बोर्डले निर्णय गर्दै नयाँ मिति तय गरेको हो। आरम्भमा बोर्डले परीक्षा तोकिएको मितिमा नै लिने निर्णय गरेको थियो ।

तर शिक्षक युनियन र ट्रेड युनियनहरूले कर्मचारी परिचालनको विरोध गर्दै परीक्षा बहिष्कार गर्ने चेतावनी दिएपछि सरकार निर्णय पुनर्विचार गर्न बाध्य भयो।

अब परीक्षा वैशाख २१ गतेदेखि सुरु हुनेछ भने बाँकी तयारी ती मितिका लागि पुनः समायोजन गरिने बोर्डले जनाएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ८ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको