२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नेप्सेमा ७.७५ अंकको गिरावट, कारोबार रकममा वृद्धि



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारको परिसूचक नेप्से ओरालो लागेको छ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ७.७५ अंकले घटेर २,६९८.४९ विन्दुमा झरेको हो। दिउँसो कारोबारको क्रममा नेप्से एक पटक २,७१६ अंकसम्म पुगेको थियो। तर त्यसपछि बजारमा पुनः चाप बढेपछि सूचक ओरालो लाग्यो। परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

आइतबार ८ अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार कारोबार रकम ८ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। शेयर बजारमा आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको मूल्य घटेको छ। १ कम्पनीको मूल्य स्थिर रह्यो।

समूहगत परिसूचकको अवस्था
व्यापार समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले घटेको छ। यस्तै, बैंकिङ समूह ०.८५, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.११, निर्जीवन बीमा ०.१५ र अन्य समूह १ प्रतिशतले घटेका छन्। त्यस्तै, विकास बैंक समूह ०.४३, होटल तथा पर्यटन ०.०६, जलविद्युत ०.७७, लगानी ०.१७ र उत्पादन समूह ०.०३ प्रतिशतले बढेका छन्।

मूल्यमा उल्लेखनीय उतारचढाव
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य लगातार केही दिनदेखि १० प्रतिशतले बढिरहेको छ। सोमबार पनि ती कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ। यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.८८ प्रतिशत, युनिभर्सल पावरको ९.८० प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सको मूल्य ९.०७ प्रतिशतले बढेको छ।

मबार सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा एसबीआई बैंक अग्रस्थानमा रहेको छ, जसको सेयर मूल्य ४.१७ प्रतिशतले घटेको छ। त्यसपछि विन नेपाल लघुवित्तको ४.०२ र ग्रिन डेभलपमेन्ट बैंकको ३.९६ प्रतिशतले मूल्य घटेको छ।

अधिक कारोबार भएका कम्पनीहरू
आज कारोबारका आधारमा अग्रस्थानमा रहेका कम्पनीहरूमा ङादी ग्रुप पावर, युनिभर्सल पावर, एचआईडीसीएल, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ४ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको