२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

१६ दिनदेखि सामुदायिक विद्यालय ठप्प, निजी विद्यालयमा भर्ना तीव्र



काठमाडौँ । देशभरका सामुदायिक विद्यालयहरूमा विगत १६ दिनदेखि पठनपाठन ठप्प छ। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सुरु भएको आन्दोलन थप आक्रोशित बन्दै गइरहेको छ, जसको प्रत्यक्ष असर नयाँ शैक्षिक सत्रको शुरुवातमै देखिएको छ।

महासङ्घले देशभरका शिक्षक तथा कर्मचारीहरूलाई आन्दोलनमा सक्रिय रूपमा सहभागी गराउन काठमाडौंमा उपस्थित हुन आह्वान गरेको छ। आन्दोलनलाई प्रभावकारी बनाउन महासङ्घले विद्यालय सञ्चालन गर्न खोज्ने शिक्षकहरूलाई समेत निगरानीमा राखेको बताइएको छ, जसका कारण सामुदायिक विद्यालयहरू पूर्ण रूपमा बन्द छन्।

यसैबीच, निजी शैक्षिक संस्थाहरूले भने नियमित पठनपाठन सुचारु राखेका छन्। निजी विद्यालयहरू भर्ना अभियानमा समेत सक्रिय रहेका छन्, जसले सरकारी र सामुदायिक विद्यालयबीचको अन्तर अझ प्रष्ट बनाएको छ।

नयाँ शैक्षिक सत्रको शुरुवातमै यस्तो शिक्षा क्षेत्रको अवरोधले विद्यार्थी, अभिभावक र शिक्षासँग प्रत्यक्ष जोडिएका सबै पक्षमा निराशा र अन्योलता बढाएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको