२३ माघ २०८२, बिहिबार । February 5, 2026

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य



काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि. र अत्याधुनिक एपीआई प्रविधिमा अग्रणी वन पोइन्ट फाइनान्सियल सर्भिसेजबीच एक महत्वपूर्ण रणनीतिक साझेदारीको सुरुवात भएको छ।

यस सहकार्यले पुमोरी कोर बैंकिङ सिस्टम प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत, सुरक्षित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको एपीआई सेवा उपलब्ध गराउनेछ। अब प्रयोगमा रहेको टिटुपी र पिडिएक्स प्रणालीलाई क्रमिक रूपमा एपीआई म्यानेजर सहितको प्रविधियुक्त संस्करणले प्रतिस्थापन गरिने छ।

वन पोइन्टको एपीआई व्यवस्थापन प्रणाली हाल नेपालका १६ भन्दा बढी वाणिज्य बैंक र ७ अन्तर्राष्ट्रिय बैंकहरूले प्रयोग गरिरहेका छन्। यस साझेदारीपछि पुमोरी आधारित बैंक तथा वित्तीय संस्थाहरूले पनि उक्त प्रविधिको माध्यमबाट ई–बैंकिङ, मोबाइल बैंकिङ र अन्य डिजिटल सेवा प्रभावकारी रूपमा विस्तार गर्न सक्नेछन्।

सहकार्यको मुख्य उद्देश्य सेवा प्रवाहमा तीव्रता ल्याउनु, सञ्चालन खर्च घटाउनु, नवप्रवर्तनलाई प्रोत्साहन गर्नु र बैंकिङ क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु हो।

समझदारीपछि प्रतिक्रिया दिँदै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण सुवेदीले भने, “यो साझेदारी नेपाली बैंकिङ क्षेत्रको डिजिटल रूपान्तरणमा एउटा ऐतिहासिक माइलस्टोन हो। यसले बैंकहरूलाई नवीनतम प्रविधिसँग सजिलै, सुरक्षित र प्रभावकारी रूपमा जोड्न सहयोग गर्नेछ।”

त्यस्तै, वन पोइन्ट फाइनान्सियल सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले भने, “हाम्रो एपीआई प्रणालीले बैंकहरूलाई डेटा-आधारित निर्णय लिन सजिलो बनाउनेछ र छरितो सेवा प्रवाहमा टेवा पुर्‍याउनेछ। यो सहकार्यले उक्त प्रभावलाई अझ विस्तार गर्नेछ।”

रणनीतिक साझेदारीको औपचारिक घोषणा एक विशेष कार्यक्रममार्फत गरिएको थियो। कार्यक्रममा इन्फोडेभलपर्सबाट पुमोरी कोर बैंकिङ सिस्टमका वरिष्ठ प्रबन्धक रबिन राणा, सुलोचना लक्ष्मी तुलाधर, प्रबन्धक दिलीप दवाडी तथा वन पोइन्टका प्रमुख प्रविधि अधिकारी बिक्रम दुवालसहित अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल