२४ बैशाख २०८२, बुधबार । May 7, 2025

सहकारी बन्द हुँदा बिवाह, उपचार र आपतकालीन खर्च संकटमा



रुपन्देही । छोरीको विवाहको अन्तिम तयारीमा जुटिरहेकी मादिका लोनिया अहिले चनाखो भन्दा बढी चिन्तित छिन्। ५५ वर्षीया लोनियाले गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा जम्मा पारेको छ लाख रुपैयाँ फिर्ता नपाउने डरले उनको अनुहारमा खुसीभन्दा बढी निराशा झल्किएको छ।

गाउँपालिकामा रहेको सो सहकारीमा गत फागुन २६ गतेदेखि सेवा अवरुद्ध भएपछि सयौँ सर्वसाधारणको दैनिक जीवन प्रभावित बनेको छ। कति जनाले छोरीको बिवाहका लागि जोहो गरेका थिए, कसैले औषधि किन्नुपर्ने पैसा राखेका थिए भने कतिपयले आपतकालीन खर्चका लागि बचत गरेका थिए। तर, कार्यालयमा लागेको ताला खोलेर त्यो रकम निकाल्ने आशा धूमिल देखिएको छ।

सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहान पनि यस्तै पीडामा छन्। छोरीको यही वैशाखमा विवाह तय भएको छ, तर सहकारीमा थुनिएको पैसाले उनको योजना धरापमा परेको छ। उनका वृद्ध पिता बुद्धु चौहानले समेत पेन्सनबाट बचत गरेका ५० हजार रुपैयाँ त्यही सहकारीमा थन्क्याएका छन्।

गाउँका अर्का बासिन्दा छोटेलाल लोहार आफन्तहरू कहाँ आर्थिक सहयोगको याचना गर्दै हिँडेका छन्, तर जवाफ एउटै: “हामी पनि समस्यामा छौँ।” फलफूल व्यापारी विनोद बर्माले पनि छोरीको बिहेका लागि एक वर्षदेखि दैनिक पाँच सय जम्मा गरेका थिए, तर त्यो पैसा पनि अहिले अनिश्चित भविष्यको पर्खाइमा छ।

स्वास्थ्य संकट झेलेका राजकुमार केवटको अवस्था अझ जटिल छ। नियमित औषधि किन्ने पैसा सहकारीमा थुनिएपछि उनको स्वास्थ्यमा समेत असर परेको छ।

सहकारीमा सेवाप्रवाह अवरुद्ध हुनुको कारण व्यवस्थापक र कार्यालय सहायकको निलम्बनपछि सुरु भएको कानुनी विवाद हो। उच्च अदालत बुटवल इजलासले मुद्दा विचाराधीन रहेको भन्दै अस्थायी आदेश दिएको छ, जसले सेवा पुनः सञ्चालनमा रोक लगाएको छ।

सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र मुराउ भन्छन्, “अदालतको अन्तिम आदेश नआएसम्म हामी सेवाहरू सञ्चालनमा ल्याउन सक्दैनौँ।” तर वडाध्यक्ष तौलन केवट भन्छन्, “यदि सहकारीको सेवा चाँडै पुनः सुरु भएन भने गाउँमा सहकारीप्रति भएको विश्वास सधैँका लागि गुम्नेछ।”

स्थानीय बासिन्दाहरूको एउटै आवाज छ— “जब हामीले विश्वास गरेर पैसा राख्यौँ, त्यो संकटमा पनि फिर्ता हुन सकेन भने सहकारीको औचित्य के रहन्छ?” सहकारीको समस्याले अहिले गाउँमा आर्थिक मात्र होइन, सामाजिक संकटको बादल पनि मडारिन थालेको छ। यो समस्यालाई सम्बोधन गर्न सम्बन्धित निकाय, पालिका र अदालतको गम्भीर ध्यान आवश्यक छ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १० : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आईपीएलः मुम्बईलाई हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा

एजेन्सी । वानखेडे रंगशालामा मंगलबार भएको वर्षाले प्रभावित रोचक खेलमा

मकवानपुरमा बोलेरो दुर्घटनाः ९ जना घाइते, ६ को अवस्था गम्भिर

मकवानपुर । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकमा बोलेरो जिप दुर्घटना

भारत-पाकिस्तान तनाव उत्कर्षमाः कश्मीर र पंजाबका शैक्षिक संस्थाहरू बन्द

एजेन्सी । भारतले पाकिस्तानको कश्मीर र पंजाब क्षेत्रका भू–भागमा सैन्य

इन्टर मिलानको ऐतिहासिक जित : बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा प्रवेश

एजेन्सी । इटालियन क्लब इन्टर मिलान युईएफए च्याम्पियन्स लिगको फाइनलमा

नेपालकै ठूलो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्रा्याण्ड’ एकान्तकुनामा सञ्चालनमा

ललितपुर । ललितपुरको एकान्त कुनामा सम्भवतः नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको