२३ बैशाख २०८२, मंगलबार । May 6, 2025

आदेश नभएसम्म प्रहरीको राजीनामा स्वीकृत नहुने



काठमाडौँ । पछिल्लो समय देशभर विशेषगरी काठमाडौंमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरूलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले आफ्ना मातहतका कार्यालयहरूलाई प्रहरी कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।

प्रधान कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सम्पूर्ण प्रदेश प्रहरी कार्यालयहरूलाई यसबारे औपचारिक निर्देशन पठाइएको हो।

निर्देशन अनुसार अर्को आदेश जारी नभएसम्म कुनै पनि प्रहरी कर्मचारीको राजीनामा स्वीकृत हुने छैन।

हाल राजधानी केन्द्रित आन्दोलनहरू, जसमध्ये शिक्षक, आवासीय चिकित्सक लगायत विभिन्न संघसंस्था तथा समूहको सक्रिय सहभागिता रहेको छ, ती सबैको प्रभाव सुरक्षाकर्मीहरूको भूमिकामा समेत परेको देखिन्छ। यही सन्दर्भमा प्रहरी संगठनलाई थप सशक्त र स्थिर बनाउन यो निर्णय लिइएको जनाइएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ८ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

हेटौंडामा जमिन भासिएर गाडी बेपत्ता, घटनास्थलको अध्ययन गर्न भूगर्भविद टोली खटियो

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँमा

रसियामा युक्रेनको लगातार ड्रोन आक्रमण, मस्कोका सबै विमानस्थल अस्थायी रूपमा बन्द

एजेन्सी । युक्रेनले लगातार दोस्रो दिन पनि ड्रोनमार्फत रसियाका विमानस्थलहरूलाई

इण्डियन आइडल विजेता पवनदीपको कार दुर्घटना, आईसीयूमा उपचार हुँदै

काठमाडौं । इण्डियन आइडल सिजन १२ का विजेता तथा चर्चित

स्पट फिक्सिङ प्रकरणमा प्रतिबन्धित आदिल आलमको प्रतिबन्ध हट्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा

संघीय संसद्को दुवै सदन बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको आजका लागि छुट्टाछुट्टै