२७ बैशाख २०८२, शनिबार । May 10, 2025

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ९ सय रुपैयाँले वृद्धि भई सुनको मूल्य हालसम्मकै सर्वाधिक १ लाख ८५ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो। शुक्रबारको मूल्य वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।

सुनसँगै चाँदीको मूल्य पनि केही वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ९०० रुपैयाँमा रहेको चाँदी शुक्रबार ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनचाँदीका मूल्यमा आएको लगातारको वृद्धिले उपभोक्ता र व्यवसायी दुवैलाई प्रभाव पारेको देखिन्छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप