५ बैशाख २०८३, शनिबार । April 19, 2026

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार


२८ चैत्र २०८१, शुक्रबार  

180
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ९ सय रुपैयाँले वृद्धि भई सुनको मूल्य हालसम्मकै सर्वाधिक १ लाख ८५ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो। शुक्रबारको मूल्य वृद्धिसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो।

सुनसँगै चाँदीको मूल्य पनि केही वृद्धि भएको छ। बिहीबार प्रतितोला १ हजार ९०० रुपैयाँमा रहेको चाँदी शुक्रबार ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनचाँदीका मूल्यमा आएको लगातारको वृद्धिले उपभोक्ता र व्यवसायी दुवैलाई प्रभाव पारेको देखिन्छ।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित