२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

वाइ वाइको नयाँ ‘हट एण्ड स्पाइसी’ नुडल्स: पिरो स्वादको नयाँ क्रान्ति


२५ चैत्र २०८१, मंगलबार  

15
Shares

काठमाडौं । नेपालका प्रमुख चाउचाउ ब्रान्ड वाइ वाइले नेपाली बजारमा नयाँ ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ ल्याएको छ।

यो नुडल्स ५० रुपैयाँको सस्तो मूल्यमा उपलब्ध छ र विशेष गरी पिरो स्वादको शौक राख्ने उपभोक्ताहरुलाई लक्षित गरिएको हो। वाइ वाइले चार दशकीय अनुभवसहित नेपाल र विश्वभर आफ्नो उपस्थिती बलियो बनाएको छ। कम्पनीले उपभोक्ताको बदलिंदो स्वाद र रुचिलाई ध्यानमा राख्दै नयाँ नयाँ स्वाद ल्याउने काम गरेको छ। यस नयाँ हट एण्ड स्पाइसी नुडल्सले पिरो स्वादको प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार, यो नयाँ नुडल्सले उपभोक्तालाई सन्तुलित र रोमाञ्चक पिरो स्वादको अनुभव दिनेछ। साथै, वाइ वाइले ‘स्पाइसवर्स टिकटक चुनौती’ पनि सुरु गरेको छ, जसमा भाग लिएका सबैभन्दा लोकप्रिय भिडियो प्रस्तुतिलाई १०,००० रुपैयाँको पुरस्कार दिइनेछ। वाइ वाइका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले भने, “यो नुडल्स युवापुस्ताको रुचिलाई मध्यनजर गर्दै डिजाइन गरिएको छ।”

सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार, यो नुडल्सले वाइ वाइलाई अझ लोकप्रिय बनाउनेछ र उपभोक्तालाई नयाँ स्वादको मजा दिन्नेछ।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ११ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ