४ बैशाख २०८२, बिहिबार । April 18, 2025

टीभीएसको नयाँ बर्ष अफरः ‘नयाँ युगको सवारी’ स्कीममा आकर्षक छुट र सुविधा



काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, जगदम्बा मोटर्स, ले ‘नयाँ युगको सवारी’ नामक विशेष अफर सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत, टीभीएसका नयाँ मोटरसाइकल वा स्कुटर किन्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै, जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा पनि उच्चतम मूल्यांकन सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ । साथै, आर्थिक रुपमा सहज बनाउने उद्देश्यले, ७ दशमलव ९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पनि उपलब्ध छ ।

जसले ग्राहकलाई सरल किस्तामा सवारी किन्न सक्ने अवसर प्रदान गर्दछ । टीभीएसले ग्राहक सेवालाई प्राथमिकता दिँदै, लाइफटाइम वारेन्टी को सुविधा प्रदान गर्दै आएको छ । साथै, १ घण्टाभित्र पार्टस उपलब्ध नगराएमा सो पार्टस निःशुल्क दिने विशेष प्रस्ताव समेत लागू गरिएको छ ।

कम्पनीले प्रत्येक सवारी बिक्रीमा हेल्मेटको सुविधा पनि ग्राहकलाई दिने जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ४ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शिक्षक समुदायलाई परीक्षा बोर्डको अपिल-कक्षा १० परीक्षण र कक्षा १२ व्यवस्थापनमा सहयोग गरौं

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हालै सम्पन्न कक्षा १० को

अमेरिकाबाट डिपोर्ट, भुटानबाट भगौडा, नेपालमा थुनामा-सर्वोच्चले भन्यो: निकाला नगर !

काठमाडौँ । थुनामा रहेका चार भुटानी नागरिकलाई तत्काल देश निकाला

“हेर्दाहेर्दैमा” राखियो बहुचर्चित मुद्दा: पूर्वप्रधानमन्त्रीहरू अब जोगिन सक्लान् ?

काठमाडौं । ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार

पत्रकार नवराज कुँवर ‘नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित

काठमाडौं । पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका शिलापत्र डटकमका

वैशाख ७ मा राप्रपाको राप! लिङ्देन भन्छन् – निषेधित क्षेत्रमै हुन्छ निर्णायक लडाइँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख