४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

नेपालमा शुरु हुँदै अन्तर्राष्ट्रिय फायर सेफ्टी र इलेक्ट्रोनिक सेक्युरिटी सम्मेलन


२२ चैत्र २०८१, शनिबार  

15
Shares

काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षामा नयाँ प्रविधिहरूको प्रोत्साहन गर्ने उद्देश्य राख्दै काठमाडौँमा अन्तर्राष्ट्रिय ‘फायर सेफ्टी र इलेक्ट्रोनिक सेक्युरिटी’ सम्मेलनको आयोजना हुँदैछ।

एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (APSA) नेपालले ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ सम्मेलनको आयोजना गर्दैछ, जुन २४ र २५ चैत्रका दिनहरूमा दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुनेछ। आयोजकहरूले सम्मेलनको तयारी पुरा भएको जानकारी दिएका छन्। आप्सा नेपालका अध्यक्ष सुनिल कुमारका अनुसार, सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले गर्ने छिन्। यस सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, र ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरूका साथै उद्योगका अगुवा व्यक्तिहरू र आगलागी तथा विद्युतीय सुरक्षाका विशेषज्ञहरूको सहभागिता रहनेछ।

सम्मेलनमा आगलागी न्यूनीकरण र विद्युतीय सुरक्षा क्षेत्रका नवीनतम प्रविधि, प्रवृत्ति र उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरिने छन्। सत्रहरू, प्रदर्शनीहरू र अन्तरक्रियात्मक गतिविधिहरूमार्फत, सम्मेलनले चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड, भियतनाम लगायतका १४ राष्ट्रका विशेषज्ञहरूको कार्यपत्र प्रस्तुति पनि सुनिश्चित गरेको छ। यस सम्मेलनले नेपालमा सुरक्षा प्रविधिको विकास, आगलागी न्यूनीकरण रणनीतिहरू र विद्युतीय सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

नेपालमा आगलागीका घटनाहरूबाट हरेक वर्ष ठूलो जनधनको क्षति हुने अवस्था निरन्तर भइरहेका कारण यस किसिमका सम्मेलनहरूको आयोजना अत्यन्त आवश्यक भएको आयोजकहरूको भनाइ छ। यस्ता कार्यक्रमहरूले समुदाय स्तरमा सचेतना अभिवृद्धि र प्रविधिमैत्री समाधानहरूको लागि मार्गदर्शन पुर्याउनेछन्।

कार्यक्रम निर्देशक सुरेश श्रेष्ठ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार प्याकुरेलले सम्मेलनले सुरक्षा नीतिहरूमा सुधार ल्याउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। यस सम्मेलनले नीति निर्माता, सुरक्षाकर्मी, व्यवसायीहरू र विज्ञहरूलाई एकजुट गरेर सहकार्यको नयाँ अवसर सिर्जना गर्नेछ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शनिबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व