२९ चैत्र २०८१, शनिबार । April 12, 2025

नेप्से सूचक २३.८६ अंकले वृद्धि



काठमाडौं । सेयर बजार परिसूचक नेप्से २३.८६ अंकले वृद्धि हुँदै २,७०० अंकमा पुगेको छ।

अघिल्लो दिन बजारमा १६ अङ्कको गिरावट आएको थियो। बजारमा वृद्धि भए तापनि, कारोबार रकममा सामान्य घटबढ देखिएको छ। अघिल्लो दिन ५ अर्ब ७९ करोडको कारोबार भएकोमा, आज ५ अर्ब ४४ करोडको कारोबार भएको छ। कुल १६६ कम्पनीका सेयरको मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ। विभिन्न क्षेत्रका सूचकहरुमा वृद्धि देखिएको छ, जसमा व्यापार क्षेत्र ९.४४ प्रतिशत बढेको छ।

विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढ्दा, यस क्षेत्रमा उच्च वृद्धि देखिएको हो। अन्य क्षेत्रहरुमा पनि सकारात्मक वृद्धि भएको छ। बैंकिङ ०.५१ प्रतिशत, विकास बैंक ०.३० प्रतिशत, फाइनान्स ३.१२ प्रतिशत, होटल तथा पर्यटन ०.५९ प्रतिशत, हाइड्रोपावर ०.४२ प्रतिशत, लगानी १.३७ प्रतिशत, जीवन बीमा ०.२५ प्रतिशत, माइक्रोफाइनान्स ०.१७ प्रतिशत, र अन्य ०.३५ प्रतिशत बढेका छन्।

यद्यपि उत्पादन र निर्जीवन बीमा समूहमा क्रमशः १.४७ र ०.२६ प्रतिशतको घटबढ आएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ४ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक