२६ बैशाख २०८२, शुक्रबार । May 9, 2025

म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ८ अर्ब लगानी सम्झौता



काठमाडौं । ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि ५ बैंकले करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

सोमवार काठमाडौंका एक कार्यक्रमका बीच हाइड्रो भिलेज प्रा. लि. ले निर्माण गर्न लागेको ५७ दशमलव ३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना निर्माणको लागि कम्पनी र बैंकहरूबीच करिव ८ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाईमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबिआई बैंकले लगानी गर्ने सहमति भएको छ ।

आयोजनाले ६२६ दशमलव ५० मि. हेड् र म्याग्दी खोलाको १२ दशमलव ५० घन मिटर प्रति सेकेण्ड बहाव प्रयोग गरी ५७ दशमलव ३ मेगावाट क्षमता विद्युत उत्पादन गर्ने कम्पनीले जनाएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हाइड्रो भिलेजका प्रवद्र्धकहरु सक्षम एवं अनुभव प्राप्त संस्था तथा व्यक्तिहरु भएको हुँदा आयोजना समयमा नै निर्माण सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले नविकरणीय उर्जाको दिगो विकासमा आफू प्रतिवद्ध रहेको समेत उल्लेख गरे । त्यस्तै,उर्जा डेभलपर्स प्रा.लि.का अध्यक्ष विजयबहादुर राजभण्डारीले उर्जा क्षेत्रको विकास गर्ने रणनीतिक एउटै भएकाले हाइड्रो भिलेजसँगको सहकार्य गरिएको बताए । उनले देश विकासमा हाइड्रो पावरको भुमिका आफ्नो पनि सहकार्य जनाउनको लागि काम गरिरहेको बताए । त्यस्तै सम्झौता कार्यक्रममा बोल्दै नेपाल बैंकर्स एशोसिएशनका अध्यक्ष अनिलकुमार उपाध्यायले जलविद्युत आयोजना निर्माणको काम समयमा सम्पन्न गर्न नसक्दा लागत बढ्ने बताए ।

उनले विगत केही समयदेखि विश्वव्यापी रुपमा नै सिर्जना भएको तरलता अभावका कारण बैंकहरुमा लगानीयोग्य रकम अभाव भएको बताए । बजारमा लरलता अभाव भनिए पनि तरलता अभाव नभएको भन्दै अभाव भएको भए बैंक बन्द हुने अवस्था आउने उनको भनाई थियो । त्यस्तै, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकको अग्रता र अन्य चार बैंकको साझेदारीमा यस आयोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न हुनु उल्लासमय क्षण रहेको उल्लेख गरे ।

माग्दी खोला जलविद्युत आयोजनाबाट स्थानीय निकायहरुसँगकोे सहकार्यमा पहुँच मार्ग र अन्य पूर्वाधार निर्माण कार्य प्रारम्भ गरिसकेको र आगामी सुख्खा यामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीले जनाएको छ । आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र आयोजना सम्पन्न हुनेछ । आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (८ अर्ब ५ करोड ७० लाख रुपैयाँ) र स्वपुँजी २५ प्रतिशत (२ अर्ब ६८ करोड ६० रुपैयाँ) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।

आयोजना सम्पन्न भएपछि सुख्खा याममा १०३ दशमलव ११ गिगावाट आवर र वर्षायाममा २३२ दशमलव ८८ गिगावाट आवर गरी वार्षिक ३३६ गिगावाट आवर विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ६ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर

भारतको हवाई आक्रमणमा पाकिस्तानमा ३१ जनाको मृत्यु, तनाव चुलिंदै

काठमाडौं। भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या

इन्डोनेसियामा भयानक सडक दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तको सिलाकाप जिल्लामा बुधबार बिहान

ग्वेन्ग्याम्पको अन्तिम मुस्कान: सावित्राको ह्याट्रिकले दिलायो दुर्लभ जित

एजेन्सी । फ्रान्सको महिला फुटबल लिगको अन्तिम खेलमा नेपाली स्ट्राइकर

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर