२६ माघ २०८२, आइतबार । February 9, 2026

चलचित्र ‘महाभोज’को नयाँ गीत ‘मख्खै परें’ सार्वजनिक



काठमाडौं । आगामी जेठ १५ गते रिलिजको तयारीमा रहेको चलचित्र ‘महाभोज’को नयाँ गीत ‘मख्खै परें’ सार्वजनिक भएको छ।

यो गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको संगीत र स्वर, र ससिका राईको भी भावपूर्ण स्वर रहेको छ। गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, र मलिका महतले आकर्षक कौडा नृत्य प्रस्तुत गरेका छन्।

भिडिओमा आर्यन सिग्देललाई गाउँको सम्भ्रान्त व्यक्तिको रूपमा र सुरक्षा पन्तलाई उनकी पत्नीको भूमिकामा देखाइएको छ। मौसम हिमालीले कोरियोग्राफी गरेको भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा प्रस्तुत भएका छन्, जसले भिडियोमा रोचक मोड थपेको छ।

चलचित्रको निर्देशन दिनेश राउतले गरेका छन्, र यसको पटकथा विकास सुवेदीले लेखेका हुन्। ‘महाभोज’ मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, र अन्य चर्चित कलाकारहरूको अभिनय देख्न सकिन्छ।

यस चलचित्रको निर्माण क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त रूपमा गरेको हो, र यसको निर्माता हिमाल कडरिया छन्।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ६ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।