१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन पुनः भारतीय कम्पनीलाई जिम्मा


१८ चैत्र २०८१, मंगलबार  

18
Shares

पर्सा । वीरगञ्ज सुक्खा बन्दरगाह इन्ल्यान्ड क्लियरेन्स डिपो को सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पुनः भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि लाई दिइएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, आगामी पाँच वर्षका लागि चार अर्ब ७१ करोड रुपैयाँको ठेक्का सम्झौतासहित प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएको हो। समितिले सञ्चालन व्यवस्थापनका लागि आह्वान गरेको बोलपत्र प्रक्रियामा कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि प्रतिस्पर्धामा रहेका थिए।

कन्टेनर कर्पोरेसन अफ इन्डियाले चार अर्ब ५१ करोड रुपैयाँको प्रस्ताव गरे पनि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले उच्च बोलकबोल गरेकाले छनोट भएको हो। यसअघि पनि यही कम्पनीले तीन अर्ब ३३ करोड रुपैयाँमा पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा पाएको थियो। वीरगञ्जको सिर्सियास्थित यो सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ।

सन् २००० मा विश्व बैंकको ८२ करोड रुपैयाँ सहयोगमा निर्माण सम्पन्न भएको बन्दरगाहमा कार्गो रेलमार्फत मात्रै मालसामान ढुवानी गरिन्छ। भारत सरकारले २० करोड रुपैयाँको लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरेको थियो।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ३२ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने गत आवमा ४७ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था