७ चैत्र २०८२, शनिबार । March 22, 2026

रेसुङ्गा विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सञ्चालन


१७ चैत्र २०८१, सोमबार  

24
Shares

गुल्मी । तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः उडान सुरु भएको छ।

गत पुस ४ गतेदेखि अवरुद्ध भएको हवाई सेवा सोमबारदेखि पुनः सञ्चालन गरिएको हो । सोमबारको पहिलो उडानमा काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना यात्रु आएका थिए भने रेसुङ्गाबाट काठमाडौं फर्किने यात्रु सङ्ख्या ४ मात्र रहेको थियो। नेपाल एयरलाइन्सको विमान मर्मतको कारण लामो समयसम्म उडान रोकिएको थियो।

सुरुवातमा सातामा एक दिन (शुक्रबार) मात्रै उडान भर्ने गरिए पनि यात्रुको चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति दिइएको थियो। तर, वर्षायाम सुरु भएसँगै पुनः सातामा एक दिनमात्र (शुक्रबार) उडान हुने व्यवस्था गरिएको थियो। अहिले यात्रुको मागलाई ध्यानमा राखी (शुक्रबार र बुधबार) गरी हप्तामा दुई दिन उडान भर्ने निर्णय गरिएको छ।

हाल गुल्मीबाट काठमाडौंका लागि टिकट दर ७,३०० रुपैयाँ तोकिएको छ भने काठमाडौंबाट गुल्मीका लागि ७,५०० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो