२८ मंसिर २०८२, शनिबार । December 13, 2025

रेसुङ्गा विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सञ्चालन



गुल्मी । तीन महिनापछि गुल्मीको रेसुङ्गा विमानस्थलबाट पुनः उडान सुरु भएको छ।

गत पुस ४ गतेदेखि अवरुद्ध भएको हवाई सेवा सोमबारदेखि पुनः सञ्चालन गरिएको हो । सोमबारको पहिलो उडानमा काठमाडौंबाट रेसुङ्गाका लागि १४ जना यात्रु आएका थिए भने रेसुङ्गाबाट काठमाडौं फर्किने यात्रु सङ्ख्या ४ मात्र रहेको थियो। नेपाल एयरलाइन्सको विमान मर्मतको कारण लामो समयसम्म उडान रोकिएको थियो।

सुरुवातमा सातामा एक दिन (शुक्रबार) मात्रै उडान भर्ने गरिए पनि यात्रुको चाप बढेपछि साप्ताहिक तीन उडानको अनुमति दिइएको थियो। तर, वर्षायाम सुरु भएसँगै पुनः सातामा एक दिनमात्र (शुक्रबार) उडान हुने व्यवस्था गरिएको थियो। अहिले यात्रुको मागलाई ध्यानमा राखी (शुक्रबार र बुधबार) गरी हप्तामा दुई दिन उडान भर्ने निर्णय गरिएको छ।

हाल गुल्मीबाट काठमाडौंका लागि टिकट दर ७,३०० रुपैयाँ तोकिएको छ भने काठमाडौंबाट गुल्मीका लागि ७,५०० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  १० : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले