२६ माघ २०८२, आइतबार । February 9, 2026

नेपाली सस्पेन्स थ्रिलर ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्य र डरको मिश्रण



काठमाडौं । नेपाली सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’ को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ।

ट्रेलरमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटा को अभिनय देख्न सकिन्छ। ट्रेलरले काठमाडौंको इतिहास, अन्धविश्वास, रोगको प्रकोप, र कालो जादुको कथालाई चित्रण गरेको छ। विद्यार्थीहरूबीचको मित्रता, असमझदारी, रहस्य, र भय ट्रेलरभरि झल्किएको छ।

सुरक्षा पन्तको रहस्यमय व्यवहार, हेना नगरकोटीको खोजी प्रक्रिया, र मोनिका थापा तथा समापिका गौतमको फरक गतिविधिले चलचित्रलाई झनै रोमाञ्चक बनाएको छ। ट्रेलरका संवादहरू जस्तै “एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, घातक खेल, मित्रताको परीक्षा” जस्ता वाक्यहरूले चलचित्रको रहस्य र डरलाग्दो वातावरणलाई झल्काउँछन्।

चलचित्र वैशाख १२ गते प्रदर्शन हुने तयारीमा छ। अनुराग प्रधान र आस्था श्रेष्ठको निर्देशनमा बनेको चलचित्रलाई सिरुपाते कट्स प्रालिले निर्माण गरेको हो। कथा आशिषराज महर्जन ले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधान ले तयार पारेका छन्। चलचित्रको छायांकन रोशन राई र सञ्जय लामा, सम्पादन आशिषराज महर्जन, ध्वनि डिजाइन विकल प्रधान, रङ संयोजन राजेन्द्र मोक्तान, तथा कस्ट्युम डिजाइन एलेक्स बसुकला ले गरेका छन्।

चलचित्रको वितरण डिसिएन ले गर्नेछ भने प्रचारप्रसार ट्राइडेन्ट कन्सेप्ट ले सम्हालेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी–२० विश्वकपः रोमाञ्चक खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भयो नेपाल

काठमाडौं । मुम्बईमा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा

टी–२० विश्वकपः इंग्ल्यान्डद्वारा नेपाललाई १८५ रनको चुनौतपूर्ण लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेल

टी-२० विश्वकपः नेपालविरूद्ध टस जितेर पहिले ब्याटिङ गर्दै इंग्ल्यान्ड

मुम्बई । टी २० विश्वकप २०२६ अन्तर्गत नेपालविरूद्धको खेलमा इंग्ल्यान्डले

टी-२० विश्वकपः बलियो टोली इङ्ल्यान्डको सामना गर्दै नेपाल

काठमाडौं । टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपालले बलियो प्रतिष्पर्धी

बढ्यो सुनचाँदीको भाउ ! कति पुग्यो तोलामा ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।