२४ चैत्र २०८१, सोमबार । April 8, 2025

आईपीएल: स्टार्कको घातक बलिङ र डुप्लेसिसको अर्धशतकले दिल्ली विजयी



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मिचेल स्टार्कको प्रभावशाली बलिङ र फाफ डुप्लेसिसको अर्धशतकको मद्दतले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

आइतबार विशाखापटनममा भएको खेलमा दिल्लीले १६४ रनको लक्ष्य १६ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो। ओपनर फाफ डुप्लेसिसले ५० रन, जेक फ्रेजर मेगर्कले ३८ रन, अभिषेक पोरेलले अविजित ३४ रन तथा ट्रिस्टन स्टब्सले अविजित २१ रन जोडे। केएल राहुलले १५ रन बनाए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबाद १९.२ ओभरमै १६३ रनमा अलआउट भयो। हैदराबादका लागि अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाए भने हेनरिच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रनको योगदान दिए। दिल्लीका मिचेल स्टार्कले ४ ओभरमा ५ विकेट लिँदै घातक बलिङ प्रदर्शन गरे, जबकि कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए।

यस जितसँगै दिल्ली क्यापिटल्सले २ खेलमा ४ अंक जोडेको छ, जबकि हैदराबादले ३ खेलमा २ अंक मात्र बनाउन सकेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ९ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुरक्षाको साझा स्वरः काठमाडौं फायर सेफ्टी सम्मेलन- २०२५

काठमाडौं । आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको

कहिल्यै नथाक्ने स्वर, कहिल्यै नझुक्ने साहस ! ‘इन्डियन आइडल १५’ की विजेता मानसी घोष

काठमाडौं । सपना देखिन्, संघर्ष गरिन्, र अन्ततः त्यो सपना

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई

काठमाडौं । ‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाएकी छन्

अन्जना रानामगर अब एपिएफ क्लबमा

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले अब

डोटीमा मिनी ट्रक दुर्घटनाः २७ वर्षीय युवकको मृत्यु, एक जना घाइते

डोटी । सोमबार दिउँसो साढे १२ बजे डोटीको बडीकेदार गाउँपालिका–३