१४ चैत्र २०८२, शनिबार । March 28, 2026

साताको पहिलो दिन सेयर बजार उकालो, नेप्से ३२ अंकले वृद्धि


१६ चैत्र २०८१, आइतबार  

30
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार हरियाली देखिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३२.२४ अंकले बढ्दै २,६९५.५५ अंकमा पुगेको छ। दिनभर २,७०० अंकभन्दा माथि पुगेको बजार अन्त्यमा सो स्तरभन्दा तल झरेर बन्द भएको हो। आजको कारोबारमा कुल २४४ कम्पनी सहभागी भए, जसमा २२२ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो।

कारोबार रकम पनि उच्च रह्यो, जहाँ कूल ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। क्षेत्रगत रूपमा हेर्दा, म्युचुअल फण्ड बाहेक सबै सूचकहरू सकारात्मक रहे। फाइनान्स र अन्य समूहमा २ प्रतिशतभन्दा बढी वृद्धि देखिएको छ भने होटल तथा जलविद्युत् (हाइड्रोपावर) क्षेत्रमा १ प्रतिशतभन्दा धेरैको सुधार आएको छ।

आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेको छैन। तर, जोशी हाइड्रोपावरको सेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढ्यो, भने प्रभु स्मार्ट फण्डको मूल्य ५.७४ प्रतिशतले घट्यो। कारोबार संख्याको हिसाबले हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो भने कारोबार भएका सेयर संख्याका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रवर्द्धक सेयर (प्रोमोटर सेयर) सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ।

शुक्रबारको तनावपूर्ण राजनीतिक घटनाक्रमपछि खुलेको सेयर बजारले सकारात्मक संकेत देखाएको छ।

लामो समयदेखि गिरावटमा रहेको बजारले तरल राजनीतिक अवस्था बीच सुधार देखाउँदै लगानीकर्तालाई उत्साहित बनाएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ३ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र