१४ चैत्र २०८२, शनिबार । March 28, 2026

४१ दशमलव ४३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम पनि बढ्यो


१३ चैत्र २०८१, बिहिबार  

15
Shares

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ ।

बिहीबार नेप्से परिसूचक ४१ दशमलव ४३ अंकले बढेर २ हजार ६ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यस दिन ८७ लाख ७२ हजार १ सय ९६ कित्ता सेयरको खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड ३० लाख ८३ हजार रूपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन बुधबार परिसूचक ४० दशमलव ४७ अंकले बढेर २६२३ दशमलव २१ को विन्दुमा कायम भएको थियो । आज उपसमूहतर्फ रहेका १३ वटै समूहको सेयर मूल्य वृद्धि भएको छ । त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । आज यस लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स ५१ करोड १८ लाख १७ हजार रूपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । बिहीबार बजार पुँजीकरण ४२ खर्ब ४ अर्ब रूपैयाँ बढीको रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र