१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

बङ्गलादेशसँगको व्यापारमा वृद्धि

आयात ३ अर्ब, निर्यात २७ करोड


१३ चैत्र २०८१, बिहिबार  

24
Shares

झापा । चालु आर्थिक वर्षको आठ महिनामा बङ्गलादेशसँगको व्यापारमा महत्वपूर्ण वृद्धि भएको छ।

नेपालले बङ्गलादेशबाट रु २ अर्ब ९६ करोड ९१ लाख ५२ हजार बराबरको मालसामान आयात गरेको छ भने, रु २७ करोड ६८ लाख ५४ हजारको सामग्री निर्यात गरेको छ। नेपाल पारवहन र गोदाम व्यवस्था कम्पनी लिमिटेडका प्रमुख सुवास पाण्डेले जानकारी दिए अनुसार, बङ्गलादेशबाट सबैभन्दा धेरै रु १ अर्ब ६० करोडको अप्रशोधित जुट आयात भएको छ। अन्य प्रमुख वस्तुमा ब्याट्री, पोल्ट्री फिड, कस्मेटिक्स, हाइड्रोजन पेरअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, र फुड एण्ड बेभरेज समावेश छन्।

काँकडभिट्टाबाट रु २३ करोड ६२ लाख ५८ हजार बराबरको खुदो निर्यात भएको छ, जसमा जडीबुटी, घरायसी सामग्री, र पशुआहार पनि समावेश छन्। प्रमुख पाण्डेले द्विदेशीय व्यापार सन्तुलनमा कमी भएकोमा चिन्ता व्यक्त गर्दै, बिजुली निर्यातबाट उक्त सन्तुलन सुधार गर्न सकिने बताउनुभएको छ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बिहिबार  १० : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था