१९ चैत्र २०८१, बुधबार । April 2, 2025

नेपाल शेयर बजारमा पुनः वृद्धिको संकेत, कारोबार रकम भने घट्यो



काठमाडौं। शेयर बजार परिसूचक नेप्से आज ३९.१३ अंकले वृद्धि हुँदै २,६२१.८६ विन्दुमा पुगेको छ। यससँगै, सबै समूहका शेयर मूल्यहरू बढेका छन्, विशेषगरी जीवन बीमा र अन्य समूहका शेयरहरू २ प्रतिशतभन्दा बढी वृद्धि भएका छन्।

फाइनान्स, होटल, जलविद्युत्, लगानी र निर्जीवन बीमा समूहका शेयरहरू पनि १.५ प्रतिशतभन्दा बढी उकालो लागेको देखिएका छन्। माउन्टेन हाइड्रो नेपाल, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन र मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनीका शेयरहरू ५ प्रतिशतभन्दा बढी बढेका छन्।

तर, समग्र बजारको वृद्धि भए तापनि, आजको कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ३१७ वटा कम्पनीका ९१ लाख ४२ हजार कित्ता शेयर ४ अर्ब २० करोड रुपैयाँमा किनबेच भएका छन्।

यस दिन उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै, ७ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भूकम्प पीडितलाई राहत लिए म्यानमार उड्यो सेनाको राहत टोली

काठमाडौं । नेपाली सेनाको एक विशेष टोली म्यानमारको भूकम्प पीडित

नेपाल र थाइल्याण्ड बीच पर्यटन, संस्कृति र व्यापारमा नयाँ सम्झौतामा हस्ताक्षर

बैंकक । नेपाल र थाइल्याण्ड बीच आज पर्यटन, संस्कृतिसँग सम्बन्धित

स्वतन्त्रताको नाममा हिंसा, तोडफोड र आगजनी निषेधित: राष्ट्रपति

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्रताको नाममा हिंसा, तोडफोड, आगजनी

नेपाल र थाइल्याण्ड बीच व्यापारिक सहकार्यको समझदारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको व्यापार बोर्डबीच

सांसद बोहराको निधनमा सिद्धार्थनगरमा शोक विदा

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज (बुधबार) शोक विदा दिएको