१९ चैत्र २०८१, बुधबार । April 2, 2025

काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात



झापा । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्यको पेट्रोलियम पदार्थ आयात भएको छ।

यो अघिल्लो वर्षको सोही अवधिसँग तुलना गर्दा रु ६४ करोड १७ लाख ५९ हजारले कमी आएको छ। गत वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयात रु १३ अर्ब ३८ करोड ३३ लाख भएको थियो। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयातमा कमी भए तापनि, राजस्वमा वृद्धि भएको जानकारी दिए।

चालु वर्षको आठ महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु ६ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढी हो। गत वर्षको आठ महिनामा रु ५ अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ९ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसईई परीक्षा सम्पन्न, नतिजा असार ७ भित्र सार्वजनिक हुने

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पको झट्का महसुस

काठमाडौंमा वायु प्रदूषण यथावत्, स्वास्थ्य जोखिम बढ्दै

काठमाडौं । उपत्यकामा बुधबार पनि वायु प्रदूषणको असर गम्भीर रूपमै

विश्व अटिजम जागरुकता दिवसः सचेतना र सहकार्यको आवश्यकता

काठमाडौं । आज विश्वभर ‘अटिजम जागरुकता दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ।

अमेरिकी डलर आजपनि स्थिर, युरो र पाउन्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर