काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।
मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । यो मूल्य हालसम्मकै उच्च हो । महासंघका अनुसार बुधबार १० ग्राम छापावाल सुनकै मूल्य १ लाख ५० हजार ८९० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ ।
मंगलबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार मात्र ५ रुपैयाँ घटेर २ हजार ४५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
प्रतिक्रिया