४ असार २०८३, बिहिबार । June 18, 2026

गुलाम अली पहिलोपटक नेपालमा, पुल्चोकमा भव्य गजल प्रस्तुत गर्ने


३० फाल्गुन २०८१, शुक्रबार  

354
Shares

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली बिहीबार बेलुका काठमाडौं आइपुगेका छन्।

ललितपुरको पुल्चोकमा शनिबार आयोजना गरिने ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन्। नेपालमा प्रवेश गर्ने क्रममा अलीले नेपाललाई आफ्नो दिलको नजिकको देश र संसारको सबैभन्दा सुन्दर ठाउँको रूपमा चिन्हित गरे। उनले भने, “नेपाल मेरो दिलको नजिक छ र यहाँको सुन्दरता मलाई अत्यन्त मनपर्छ। मेरो गीत र संगीतलाई दर्शकहरूले मन पराउनु भएकोमा भगवानको कृपा रहेको छ।”

गुलाम अली दुबई हुँदै नेपाल आइपुगेका हुन्, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई साधना कला केन्द्रका पदाधिकारी र संगीतकार दीपक जंघमले स्वागत गरेका थिए। अलीसँगै उनका छोरा अमिर र नाती नाजिर पनि कार्यक्रमका लागि नेपाल आएका छन्। गुलाम अली नेपालमा पहिलोपटक प्रस्तुति दिन लागेका छन् र उनी ३ घण्टा लामो गायन प्रस्तुत गर्नेछन्, जसमा उनका लोकप्रिय गजलहरू ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’, र ‘ये दिल ये पागल दिल मेरा’ जस्ता गजलहरू समावेश हुनेछन्।

यस कार्यक्रममा संगीतकार दीपक जंघमलाई विशेष सम्मान दिइनेछ, जो अलीका केही प्रमुख गजलहरूको संगीतकार र शब्द रचनाकार हुन्। कार्यक्रमबाट संकलित रकमको केही हिस्सा गायन र नृत्यमा रुचि राख्ने बच्चाहरूसँग साझेदारी गरिनेछ, जसले १ वर्षको छात्रवृत्ति प्राप्त गर्नेछन्। टिकटको मूल्य ५,००० रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म रहनेछ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ११ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा