२८ मंसिर २०८२, शनिबार । December 13, 2025

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम



काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले बुधबार राजधानी काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, विश्व अधिकारी, उपस्थित थिए ।

मुख्य अतिथि अधिकारीले परामर्श लिन चाहने विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीलाई समस्या परेको खण्डमा नेपाल प्रहरीले सदैव सहयोगको लागि तत्पर रहेको जनाए ।परामर्श व्यवसायी महासंघका अध्यक्ष, राजेन्द्र बरालले नेपाल प्रहरीसँग सहकार्य गरेर शैक्षिक परामर्श व्यवसायलाई सुरक्षित र सरल बनाउनको लागि उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा इक्यानका पूर्वअध्यक्ष, प्रकाश पाण्डेले विद्यार्थी र अभिभावकहरुलाई सचेत र जिम्मेवार बनाउँदै शैक्षिक परामर्शको बारेमा थाहा पाउने उद्देश्यले एक हेल्पलाइन प्रणाली पुनः डिजाइन गर्ने कुरा अघि सारे। उनले भने, “विद्यार्थी र अभिभावकले शैक्षिक परामर्श कसरी र कहाँबाट लिनु पर्छ भन्ने कुरा बुझ्न जरुरी छ।”

यस कार्यक्रममा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, इक्यानका अध्यक्ष शेषराज भट्टराई, पूर्व अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त भट्टराई लगायत शैक्षिक परामर्श संघका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ८ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले