१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

टीभीएसको आधिकारिक नयाँ डिलर ललितपुरको बालकुमारीमा


८ फाल्गुन २०८१, बिहिबार  

159
Shares

काठमाडौं । टीभीएसले ललितपुरको बालकुमारीमा आफ्नो नयाँ आधिकारीक डिलरशिपको भव्य समुद्घाटन गरेको छ ।

अत्याधुनिक सुविधा सम्पन्न यो शोरुम ग्लोबल मोटर्स वल्ड प्राली द्वारा सञ्चालित हुने कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा ग्लोबल मोटर्स वल्डका प्रबन्ध निर्देशक सौरभ हमालको पनि उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै एमडी अखिल गुप्ताले, “सञ्चालनमा आएको यो नयाँ शोरूमले ग्राहकलाई उच्च गुणस्तरका दुईपांग्रे सवारी साधन सहज रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् । ” ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको बालकुमारीको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ ।

कम्पनीले ग्राहकहरूलाई आवश्यकताअनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । यो नयाँ डिलरशिपले ललितपुरमा हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका उपाध्यक्ष दिपक रौनियारले भने ।

यस्तै, ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले भने, “हामी काठमाडौं उपत्यकाका ग्राहकहरूलाई टीभीएसका अत्याधुनिक उत्पादन र सेवाहरू उपलब्ध गराउन निकै उत्साहित छौँँ । हाम्रो प्रमुख उद्देश्य भन्नु नै आदरणिय ग्राहक वर्ग माझ सर्वोत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । यसका लागि भरपर्दो सेवा र विश्वासनिय स्पेयर पाट्र्सको सुनिश्चितता प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”

नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । टीभीएस, नेपाली उपभोक्ताका लागि लामो समयदेखि भरपर्दो र नवीनतम प्रविधि सुसज्जित उत्पादनहरु प्रस्तुत गर्दै आइरहेको ब्रान्ड हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था