२१ मंसिर २०८२, शनिबार । December 6, 2025

टीभीएसको आधिकारिक नयाँ डिलर ललितपुरको बालकुमारीमा



काठमाडौं । टीभीएसले ललितपुरको बालकुमारीमा आफ्नो नयाँ आधिकारीक डिलरशिपको भव्य समुद्घाटन गरेको छ ।

अत्याधुनिक सुविधा सम्पन्न यो शोरुम ग्लोबल मोटर्स वल्ड प्राली द्वारा सञ्चालित हुने कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा जेएमपीएलका कार्यकारी निर्देशक अखिल गुप्ता तथा ग्लोबल मोटर्स वल्डका प्रबन्ध निर्देशक सौरभ हमालको पनि उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै एमडी अखिल गुप्ताले, “सञ्चालनमा आएको यो नयाँ शोरूमले ग्राहकलाई उच्च गुणस्तरका दुईपांग्रे सवारी साधन सहज रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् । ” ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न आफ्नो विशेष ध्यान केन्द्रित रहेको बालकुमारीको नयाँ टीभीएस डिलरशिपले मोटरसाइकल र स्कुटरहरूको विस्तृत रेन्ज, बिक्री पछिको भरपर्दो सेवा तथा सहज खरिद प्रक्रिया प्रदान गर्ने जनाएको छ ।

कम्पनीले ग्राहकहरूलाई आवश्यकताअनुसार उत्तम सवारी छनोट गर्न सघाउने प्रतिबद्धता समेत ब्यक्त गरेको छ । यो नयाँ डिलरशिपले ललितपुरमा हाम्रो उपस्थिति बलियो बनाउनुका साथै ग्राहकहरूसम्म विश्वस्तरीय दुईपांग्रे सवारी सजिलै पुर्याउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ“, जेएमपीएलका उपाध्यक्ष दिपक रौनियारले भने ।

यस्तै, ग्लोबल मोटर्सका प्रबन्ध निर्देशक सौरभ हमालले भने, “हामी काठमाडौं उपत्यकाका ग्राहकहरूलाई टीभीएसका अत्याधुनिक उत्पादन र सेवाहरू उपलब्ध गराउन निकै उत्साहित छौँँ । हाम्रो प्रमुख उद्देश्य भन्नु नै आदरणिय ग्राहक वर्ग माझ सर्वोत्तम ग्राहक अनुभव प्रदान गर्नु हो । यसका लागि भरपर्दो सेवा र विश्वासनिय स्पेयर पाट्र्सको सुनिश्चितता प्रदान गर्न हामी प्रतिबद्ध छौँ ।”

नयाँ डिलरशिपले ग्राहकहरू, मोटरसाइकल पारखीहरू लगायतका लागि टेस्ट राइड, वित्तीय योजनाहरू तथा विशेषज्ञ परामर्श सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । टीभीएस, नेपाली उपभोक्ताका लागि लामो समयदेखि भरपर्दो र नवीनतम प्रविधि सुसज्जित उत्पादनहरु प्रस्तुत गर्दै आइरहेको ब्रान्ड हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ७ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको