२३ माघ २०८१, बुधबार । February 5, 2025

सामान्य अंकले घट्यो नेप्से, ८ अर्ब ९५ करोड बराबरको कारोबार



काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ४५ अङ्कले घटेर २ हजार ७ सय ११ दशमलव ४५ विन्दुमा झरेको छ । आज फाइनान्स, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज फाइनान्स समूहको शेयर ५ दशमलव ६७ प्रतिशतले उकालो लागेको छ ।

आज सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज कारोबार रकम सामान्य बढेको छ ।

हिजो ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका १ करोड ९१ लाख कित्ता शेयर ८ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ३ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सामान्य अंकले घट्यो नेप्से, ८ अर्ब ९५ करोड बराबरको कारोबार

काठमाडौं । साताको चोथौ कारोबारको दिन बुधबार सेयर बजार परिसूचक

त्रिकोणात्मक टी-२० सिरिजः नेपालको लगातार पाँचौ हार, नेदरल्यान्ड् १० विकेटले विजयी

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय सिरिजमा नेपालले लगातार

त्रिदेशीय महिला टी-२० सिरिजः नेपालले नेदरल्यान्डसलाई दियो १ सय ४६ रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय महिला टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले

मुर्ति सेलाउन गएका २२ बर्षीय युवकको नदीमा डुबेर मृत्यु

रौतहट । रौतहट जिल्लाको राजदेवी नपा वडा नं ७ निवासी

त्रिकोणात्मक टी–२० सिरिजः नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट