१९ मंसिर २०८२, बिहिबार । December 5, 2025

तिर्थयात्रुलाइ गरे समाजसेवी दुबेले सम्मान



बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीका तिर्थयात्रुहरूलाइ समाजसेवी एवम पत्रकार दुबेले सम्मान गरेका छन ।

भारतको कुम्भ मेलामा जान लागेका तिर्थयात्रुहरूलाइ फेटा गाउपालिका वडा नम्बर ७ निवासी तथा समाजमा आफ्नो अमुल्य योगदान पुर्याउदै आएका उमेश दुबेले सम्मान गरेका हुन । भलुही टोलका करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको स्थानीय प्रेम साहले जानकारी दिए ।

उनका अनुसार बिरगंज काठमान्डौ चल्ने २ वटा बसमा करिब ९० जना तिर्थयात्रुहरू भारतको कुम्भ मेलाको लागि प्रस्थान गरेको बताए । तिर्थ स्थल जाने क्रममा फेटा गाउपालिका युवाको आन, बान र शानको रूपमा चिपरिचित युवा नेता उमेश दुबेले तिर्थयात्रुलाइ टीका र गम्छाले सम्मान गरि दिएकोमा यात्रुहरू हर्सित भएको बताए ।

यता फेटा गाउपालिका वडा नम्बर १ रजवटिया टोल निवासी शेसनाथ यादवले गाउपालिका भित्र उमेश दुबे जस्तो नेतृत्वको कमि रहेको अभास गरे । उनका अनुसार स्थानीय तहमा निर्वाचन लडने र निर्वाचित तथा पराजित हुने नेताहरू मात्र निर्वाचनकै समयमा मुख देखाउने गरेको बताउदै युवा नेता दुबे अहोरात्र खटेर समाजसेवामा लागेको देख्दा दुबे जस्तो नेतृत्वको कमि रहेको अभास गरिएको बताए ।

यता भारतको कुम्भ तिर्थस्थलमा प्रस्थान गर्ने यात्रुहरू युवा नेता दुबेले सम्मान गरेकोमा हर्सित भएका थिए । उहाहरू युवा नेता उमेश दुबेको उन्नती प्रगतिको कामना भन्दै आशीर्वाद समेत दिएका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ७ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको