काठमाडौं । डिजिटल वालेट आइएमई पेले विदेशबाट पैसा पठाउँदा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ ।
विश्वको जुनकुनै देशबाट आइएमई पेमार्फत नेपालमा पैसा पठाउँदा सो बोनस प्राप्त गर्न सकिनेछ । आइएमई पेमा रकम प्राप्त गर्दा दश हजार रुपैयाँसम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकमअनुसार पचास हजार, एक लाख र दुई लाखसम्ममा क्रमशः १००, २०० र रु ५०० सम्म बोनस प्राप्त गर्न सकिनेछ ।
कारोबार गर्नेमध्ये एक जनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया